आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आइतबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरो १४३ रुपैयाँ ५३ पैसा र बिक्री दर १४४ रुपैयाँ १८ पैसा तोकिएको छ ।

आइतबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५१ पैसा र बिक्री दर १६८ रुपैयाँ २७ पैसा तोकिएको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै आइतबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९७ पैसा र बिक्री दर ८८ रुपैयाँ ३६ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा र बिक्री दर २८ रुपैयाँ ६७ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४९ पैसा र बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १६ पैसा छ भने बिक्री दर १० रुपैयाँ २० पैसा छ ।

खबरपाटी
खबरपाटी