बुधबार सुनको मूल्य  घट्यो, कितमा हुँदैछ कारोबार ?

बुधबार सुनको मूल्य  घट्यो, कितमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँ घटेको छ । 

आज छापावाल सुन तोलामा एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन तोलामा एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

.अघिल्लो दिन चाँदी तोलामा एक हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

खबरपाटी
खबरपाटी