दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मुल्य, कतिमा हुँदैछ आज कारोबार ?

दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मुल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाइ रहेको छ । आज सोमबार पनि सुनको मूल्य बढेर प्रतितोला १ लाख २१ हजार नाघेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो । बढेको मूल्यसँगै आज पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । 

आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर कायम भएको महासंघले जनाएको छ ।  

खबरपाटी
खबरपाटी