सेयर बजार २.१७ अंकले घट्यो, १ अर्ब २८ करोड कारोबार

सेयर बजार २.१७ अंकले घट्यो, १ अर्ब २८ करोड कारोबार

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक दुई दशमलव १७ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार ११.२७ अंकले घटेको नेप्से परिसूचक मंगलबार २ दशमलव १७ अंकले घटेर १ हजार ८ सय ९४ दशमलव ५३ विन्दुमा कायम भएको छ । 

मंगलबार ४७ लाख २७ हजार ९०२ कित्ता सेयर १ अर्ब २८ करोड २ लाख रुपैयाँमा कारोबार भएको छ । कुल १०२ कम्पनीको मूल्य बढ्यो भने १२६ कम्पनीको मूल्य घट्यो । ११ वटा कम्पनी स्थिर रहे । उपसमूहमध्ये व्यापार २७.८० अंकले घट्यो । लघुवित्त १९ दशमलव ३२, विकास बैंक १९ दशमलव ४७, बैंक ६.१८, बिमा ७.२४ अंकले घट्यो । समग्र सेयर बजार घट्दा होटल तथा पर्यटन उपसमूह १६९ दशमलव ८४ अंकले बढ्यो । उत्पादन तथा प्रशोधन ३३ दशमलव २९, हाइड्रोपावर ३ दशमलव ८१ र फाइनान्स ५ दशमलव ५८ अंकले बढ्यो ।

बुद्धभूमि नेपाल ९ दशमलव ९७ प्रतिशत, मन्दाकिनी हाइड्रोपावर ८ दशमलव ९२ प्रतिशत, तारागाउँ रिजेन्सी ८ दशमलव २४ र अभियान लघुवित्त संस्थाले ७ दशमलव ८३ प्रतिशतले कमाए ।

नारायणी डेभलपमेन्ट बैंक ५ दशमलव ३३, मिड सोलु हाइड्रोपावर ४ दशमलव ७५, विजय लघुवित्तिय संस्था ४ दशमलव ६७ प्रतिशतले गुमाए । कारोबारको आधारमा सोनापुर मिनरल्स सबैभन्दा अगाडि रहे । सोनापुर मिनरल्सको ८ करोड ४९ लाख कारोबार भएको छ । सोल्टी होटलको ६ करोड ५८ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ४ करोड ४५ लाख कारोबार भएको छ ।

खबरपाटी
खबरपाटी