रास्वपाको रोडम्याप तय गर्न जलेश्वरमा बैठक

रास्वपाको रोडम्याप तय गर्न जलेश्वरमा बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजदेखि महोत्तरीको जलेश्वरमा सुरु हुँदै छ । मध्याह्न १२ बजेपछि बस्ने बैठकमा प्रदेश सभापति र इन्चार्जहरुलाई आमन्त्रित सदस्यका रूपमा बोलाइएको छ ।

यसअघि गत कात्तिक २२ र २३ गतेका लागि तय गरिएको बैठक जाजरकोट भूकम्पपछि स्थगित गरिएको थियो ।


आजदेखि १३ गतेसम्म तीन दिन चल्ने बैठकले पार्टीको आगामी नीति र राजनीतिक रोडम्याप तय गर्ने रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार बैठक केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश हुने छन् । सासंदहरूको र संसदीय कार्यको समीक्षा तथा महाधिवेशनको विधिबारे पनि बैठकमा छलफल हुने छ ।


रास्वपाका नेताहरुका अनुसार आगामी मंसिरभित्र महाधिवेशनको प्रक्रिया सुरू गरिसक्नुपर्ने छ । वडा तहबाट सुरु हुने महाधिवेशनको विधि यो बैठकले तय गर्ने छ ।

यसैगरी मंसिर पहिलो साता सन्चालन गरिएको घरदैलो कार्यक्रमको समीक्षा पनि हुने रास्वपाले जनाएको छ ।

खबरपाटी
खबरपाटी