तिहारको ४ दिनमा एक अर्ब ३२ करोडको सुन बिक्री

तिहारको ४ दिनमा एक अर्ब ३२ करोडको सुन बिक्री

काठमाठौं । तिहारको ४ दिनमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सुनको कारोबार भएको व्यवसायीहरुले बताएका छन् ।

मंसिरको बिहेको लगन तथा धनतेरस पर्वमा सुनको कारोबारमा उल्लेख्य सुधार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अध्यक्ष मणिकरत्न शाक्यले तिहारको ४ दिनमा १३५ किलो सुन बिक्री भएको बताए । जसको बजार मूल्य एक अर्ब ३२ करोड ७९ लाख ९५ हजार रुपैयाँ बराबर हुन्छ ।

धनतेरसका दिन सुन बिक्री मूल्य एक लाख १४ हजार ७ सय रुपैयाँ थियो । बजारमा यस अघि बिक्री नभएर बैंकहरुमा रहेको सुन तिहारमा खपत भएको महासंघले जनाएको छ । सरकारले अहिले दैनिक २० किलो सुन आयात गर्न अनुमति दिएको छ ।

बिबाहको लगनको महिना मंसिर सुरु भएसंगै बजारमा सुन चाँदीको कारोबारबारे उपभोक्ताको चासो बढेको छ । तिहार र कात्तिक महिना सकिए लगत्तै सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ ।

जसका कारण मंसिरमा सुनको मूल्यलाई लिएर उपभोक्ताहरुमा चिन्ता बढेको छ । यता सुन चाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य श्रृंखला हेर्दा मंसिरमा सुन थप महँगो हुन सक्ने आंकलन गरेको छ । रुस–युक्रेन र इजरायल–प्यालेस्टाईन युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएको र त्यसको असर सुनको बजारमा पर्ने देखिएको महासंघका अध्यक्ष शाक्य बताउँछन् ।

 

 

खबरपाटी
खबरपाटी