काठमाडौँ । बसुन्धारबाट सुरु भएको प्लस साइज नेपालले आफ्नो यसै साता आफ्नो सातौँ र आठौँ आउटलेट पूर्वी नेपालमा सुरुवात गरेको छ ।
छैटौँ आउटलेट सम्म पश्चिम नेपालमा वर्चस्व जमाएको प्लस साइज अब भने नेपालको पूर्वी भागतर्फ आफ्नो शाखाहरू विस्तार गर्ने दौडमा छ । यसै साता घरानमा सातौँ र विरतामोडमा आठौँ आउटलेट सुरुवात गरेको हो ।
छैटौँ आउटलेट बुटवलको सिटी सेन्टरमा दसैँ ताका सञ्चालनमा ल्याएको थियो ।
पाँचौँ आउटलेट पोखरमा सुरुवात गरेको थियो । चौथो शाखा चितवनको नरायणघाटमा सञ्चालन भइरहेको छ ।
हालसम्म ८ वटा आउटलेट स्थापित गरी सकेको प्लस साइजले यस पटक भने एकै चोटि घरान र विरतामोडमा २ वटा शाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौँको बसुन्धारा पछि प्लस साइज नेपालले कावासोतीमा दोस्रो आउटलेट खोलेको थियो । तेस्रो आउटलेट भने ललितपुरको कुमारी पाटीमा गत असार महिनामा सुरुवात गरेको थियो ।
बिहीबार कम्पनी अध्यक्ष विष्णु बोहरासहित उनको परिवारले संयुक्त रूपमा सातौँ र आठौँ आउटलेट उद्घाटन गरेका हुन् ।
उक्त आउट लेटमा खोलिएकै दिन १०० जना भन्दा धेरै ग्रहाकहरुले स्वरुम भ्रमण गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले बताए । उनी भन्छन्, “प्लस साइज नेपालले पहिल्यैदेखि पूर्वमा राम्रो मार्केट रहेको कारण यस पटक घरान र बिर्तामोडमा एकै पटक स्टोर खोलिएको हो । प्लस साइजको बजार हिस्सामा पूर्वी नेपालको करिब ५० प्रतिशत योगदान रहेको छ ।“
दसैँ र तिहारलाईलाई लक्षित गरेर यही महिनामा प्लस साइज नेपालले चितवन, पोखरा र बुटवल गरी ३ वटा शाखाहरू विस्तार गरिसकेको छ भने सिइओ बस्नेतका अनुसार समयानुरुप थप स्वरुमहरू पनि उद्घाटन हुने छन् ।
सामाजिक सञ्जालमा प्रख्यात रहेको प्लस साइज नेपालको ब्रान्डले हाल एक हजार भन्दा धेरै डिजाइनहरू सार्वजनिक गरिसकेको छ भने एक डिजाइन ९ वटा भिन्न साइजहरूमा बनाउँदै आएको छ । इस्मल, मिडियम, लार्ज देखि ६ एक्स एल सम्मको साइजमा हरेक डिजाइनका लुगाहरू बनाउँदै आएको छ ।