रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शीर्ष नेताहरूलाई राजनीतिबाट विश्राम लिन आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत् यस्तो आग्रह गरेका हुन्।
गणतान्त्रिक व्यवस्था स्थापना गर्न शीर्ष नेताहरूले निभाएको भूमिका महत्त्वपूर्ण रहेको भन्दै महामन्त्री थापाले अब उनीहरूले विश्राम लिनुपर्ने बताए।
शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिए यो व्यवस्थालाई केही नहुने उनको भनाइ छ।
इतिहासले शीर्ष नेताहरूको योगदान सधैं सम्झिने पनि उनले बताए।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा वर्तमान व्यवस्था जुटाउन सबै एकजुट हुने सहमति भएकोप्रति लक्षित गर्दै महामन्त्री थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।