सरकारले जाजरकोट र रुकुमपश्चिममा तत्काल ५/५ करोड रुपैयाँ पठाउने

राहत वितरण एकद्वार प्रणालीबाट सञ्चालन गर्ने

सरकारले जाजरकोट र रुकुमपश्चिममा तत्काल ५/५ करोड रुपैयाँ पठाउने

सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोेट र रुकुमपश्चिममा तत्काल १० करोड रुपैयाँ पठाउने भएको छ। सरकारले केन्द्रीय राहत व्यवस्थापन कोषबाट यी दुई जिल्लामा तत्काल पाँच–पाँच करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।

शनिबार गृह मन्त्रालयमा बसेको सरोकारवालाहरुको बैठकपछि सो निर्णय भएको गृहका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

बैठकले राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय पनि गरेको छ। कम्बल, पाल, खाद्यान्न पठाउने काम भइसकेको र अपुग भएको अवस्थामा तुरुन्तै खबर गर्न प्रादेशिक सरकार र जिल्ला व्यवस्थापन समितिलाई निर्देशन दिइसकिएको बैठकपछि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए।
 

खबरपाटी
खबरपाटी