सरकारलाई राप्रपा सांसदको आग्रह : अविलम्ब जनताप्रति सचेत र सजग होउ

सरकारलाई राप्रपा सांसदको आग्रह : अविलम्ब जनताप्रति सचेत र सजग होउ

काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले दसैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली एवं छठ पर्वको शुभकामना व्यक्त गर्दै उनले बजार भाउले नागरिकलाई उठ्नै नसक्ने गरी थला पारिसकेपनि सरकारलाई प्रवाह नपरेको बताएका हुन् । उनले नेपाली जनताको सुख र शान्ति दसैँको बेलामा पनि यो सरकारले किन दिन सक्दैन रु भन्दै प्रश्न गरे । उनले दसैँ, तिहार र छठ पर्वको बेलामा अविलम्ब नेपाली जनताप्रति सजग र सचेत हुन आग्रह गरे ।

सांसद जबराले दसैँको बेलामा नेपाली जनतालाई चैन दिन भन्दै उनले नेपाली जनताले सरकारबाट सुख खोजिरहेको बताए ।

खबरपाटी
खबरपाटी