प्लस साइज नेपालको छैटौँ आउटलेट बुटवलमा, दशैं धमाकामा ७० प्रतिशतको भारी छुटसँगै

प्लस साइज नेपालको छैटौँ आउटलेट बुटवलमा, दशैं धमाकामा ७० प्रतिशतको भारी छुटसँगै

काठमाडौँ । बसुन्धारबाट सुरु भएको प्लस साइज नेपालले आफ्नो छौटौँ आउटलेट बुटवलको सिटि सेन्टरमा बिहीबार सुरुवात गरेको छ । 

पाचौँ आउटलेट पोखरमा सुरुवात गरेको थियो । चौँथो शाखा चितवनको नरायणघाटमा सञ्चालन भइरहेको छ ।

हालसम्म ५ वटा आउटलेट स्थापीत गरीसकेको प्लस साइजले बिहीबार बुटवलमा औपचारीक रुपमा छैटौँ स्वरुम उद्घाटन गरेको हो । यस अघि प्लस साइज नेपालले यही महिनामा आफ्नो चौथो र पाँचौ आउटलेट सुरुवात गरेको थियो । काठमाडौँको बसुन्धारा पछि प्लस साइज नेपालले कावासोतीमा दोस्रो आउटलेट खोलेको थियो । तेस्रो आउटलेट भने ललितपुरको कुमारीपाटीमा गत असार महिनामा सुरुवात गरेको थियो । 

बिहीबार कम्पनी अध्यक्षको पुँजनीय आमा, बुटवलका उद्योगी महेन्द्र नारायण श्रेष्ठ र सामाजिक सञ्जाल इन्फ्लुयन्सर् चाहना बस्यालले संयुक्त रुपमा छौटौँ आउटलेट उद्घाटन गरेका हुन् । 

दिउँसो ३ बजे खोलिएको आउटलेटमा १०० जना भन्दा धेरै ग्रहाकहरुले स्वरुम भ्रमण गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले बताए । उनी भन्छन, “प्लस साईज नेपालले पहिल्यैदेखि बुटवलमा राम्रो मार्केट रहेको कारण यस पटक बुटवलमा नै स्टोर खोलिएको हो । प्लस साइजको बजार हिस्सामा बुटवलबासीको २५ प्रतिशत योग्दान रहेको छ ।“ 

दशैंलाई लक्षित गरेर यही महिनामा प्लस साइज नेपालले चितवन, पोखरा र बुटवल गरि ३ वटा शाखाहरु विस्तार गरिसकेको छ भने सिइओ बस्नेतका अनुसार दशैं लगत्तै थप दुई स्वरुप पनि उद्घाटन हुने छ । 

सामाजिक सञ्जालमा प्रख्यात रहेको प्लस साइज नेपालको ब्राण्डले हाल एक हजार भन्दा धेरै डिजाइनहरु सार्वजनिक गरिसकेको छ भने एक डिजाइन ९ वटा भिन्न साइजहरुमा बनाउँदै आएको छ । इस्मल, मिडियम, लार्ज देखि ६ एक्स एल सम्मको साइजमा हरेक डिजाइनका लुगाहरु बनाउँदै आएको छ । 

खबरपाटी
खबरपाटी