लोकप्रिय ब्राण्ड प्लस साइज नेपालको पाचौँ आउटलेट पोखरामा

पोखरेलीबासीलाई ओपनिङ डिस्काउन्टसँगै दशैँ डिस्काउन्ट पनि

लोकप्रिय ब्राण्ड प्लस साइज नेपालको पाचौँ आउटलेट पोखरामा

काठमाडौँ । बसुन्धारबाट सुरु भएको प्लस साइज नेपालले आफ्नो पाचौँ आउटलेट पोखरमा सुरुवात गरेको छ । यसअधि चौँथो शाखा चितवनको नरायणघाटमा सुरुवात गरेको थियो ।

हालसम्म ४ वटा आउटलेट स्थापीत गरीसकेको प्लस साइजले बिहीबार पोखरामा औपचारीक रुपमा पाचौँ स्वरुम उद्घाटन गरेको हो । यस अघि प्लस साइज नेपालले गत असार महिनामा आफ्नो तेस्रो आउटलेट ललितपुरको कुमारीपाटीमा सुरुवात गरेको थियो । काठमाडौँको बसुन्धारा पछि प्लस साइज नेपालले कावासोतीमा दोस्रो आउटलेट खोलेको थियो । 

बिहीबार जि जया म्यानेजमेन्ट कम्पनीका आर्थिक सल्लाहाकार लिम गुर्न यीम, पोखराकि प्रमुख टिकटकर नम्रता गुरुङ र प्लससाइजका अध्यक्ष विष्णु बोहराले संयुक्त रुपमा पाचौँ आउटलेट उद्घाटन गरेका हुन् । 

पोखरेलीबासीलाई ओपनिङ डिस्काउन्टसँगै दशैँ डिस्काउन्ट पनि १ सातासम्म चल्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले बताए । उनी भन्छन, “प्लस साईज नेपालले पहिल्यैदेखि पोखरमा राम्रो मार्केट रहेको कारण यस पटक पोखरामा नै स्टोर खोलिएको हो । प्लस साइजको बजार हिस्सामा पोखरेलीबासीको २० प्रतिशत योग्दान रहेको छ ।“ 

सामाजिक सञ्जालमा प्रख्यात रहेको प्लस साइज नेपालको ब्राण्डले हाल एक हजार भन्दा धेरै डिजाइनहरु सार्वजनिक गरिसकेको छ भने एक डिजाइन ९ वटा भिन्न साइजहरुमा बनाउँदै आएको छ । इस्मल, मिडियम, लार्ज देखि ६ एक्स एल सम्मको साइजमा हरेक डिजाइनका लुगाहरु बनाउँदै आएको छ । 

खबरपाटी
खबरपाटी