लोकप्रिय ब्राण्ड बन्दै प्लस साइज नेपाल, चौँथो आउटलेट चितवनमा विस्तार

लोकप्रिय ब्राण्ड बन्दै प्लस साइज नेपाल, चौँथो आउटलेट चितवनमा विस्तार

काठमाडौँ । बसुन्धारबाट सुरु भएको प्लस साइज नेपालले आफ्नो चौँथो आउटलेट चितवनको नरायणघाटमा सुरुवात गरेको छ । हालसम्म ३ वटा आउटलेट स्थापीत गरीसकेको प्लस साइजले बिहीबार नरायणघाटको हङकङ बजार रोड (बालकुमारी कलेज गेट) अगाडी औपचारीक रुपमा चौँथो स्वरुम उद्घाटन गरेको हो । यस अघि प्लस साइज नेपालले गत असार महिनामा आफ्नो तेस्रो आउटलेट ललितपुरको कुमारीपाटीमा सुरुवात गरेको थियो । काठमाडौँको बसुन्धारा पछि प्लस साइज नेपालले कावासोतीमा दोस्रो आउटलेट खोलेको थियो । 

सामाजिक सञ्जालमा प्रख्यात रहेको प्लस साइज नेपालको ब्राण्डले हाल एक हजार भन्दा धेरै डिजाइनहरु सार्वजनिक गरिसकेको छ भने एक डिजाइन ९ वटा भिन्न साइजहरुमा बनाउँदै आएको छ । इस्मल, मिडियम, लार्ज देखि ६ एक्स एल सम्मको साइजमा हरेक डिजाइनका लुगाहरु बनाउँदै आएको छ । 

कम्पनीका अध्यक्ष विष्णु बोहाराले १०० जना भन्दा धेरैलाई रोजगारी दिएर नेपालभर आफ्नो ब्राण्ड फैलाइरहेका छन् । सोही क्रममा प्लससाइज नेपालको साखाहरु तिव्रगतिमा विस्तार भइरहेका छन् । अध्यक्ष बोहारा प्लससाइज नेपाल नेपालभर फैलाउने संकेत गर्दै  यसकै लागि आफ्नै डेलिभरी सेवा गुडविल लजिस्टिक पनि सञ्चालन गर्दै आएको बताए । देशका अति दुर्गम बाहेक सहरी क्षेत्रभरी होम डेलिभरी सेवा समेत दिँदै आएको उनी बताउँछन । 

करिब ५ वर्षको समयकालमा प्लस साइज नेपाल, नेपालको लोकप्रिय ब्राण्ड बन्न सफल भएको छ । यो केबल दिन रातको मिहिनेतले मात्र सम्भव रहेको अध्यक्ष बोहरा बताउँछन्। 

म्यानपावर व्यवसायी समेत रहेका विष्णु बोहारा नेपालका एक सफल व्यवसाय मात्र नभएर धेरै युवाहरुका लागि उदाहारीयण पात्र हुन । देशमै केहि गर्न सकिन्छ भनेर कोरोनाकाललाई समेत छिछोँल्दै उनले आफ्नो व्यवसायलाई एक लोकप्रिय ब्राण्डमा परिर्णत गरेका छन् । २ महिनामै २ वटा आउटलेट थप्न सफल रहेका छन् । प्लस साइज नेपालले आफ्नो ब्राण्डको लुगा केहि मात्रामा निर्यात समेत गरिरहेको छ 

कोभिड १९, लकडाउन, आर्थीक मन्दी, तरलताको अभाव, बैंकको चर्को ब्याजदरका बाबजुद रातदिनको मिहिनेतले व्यापारमा सफलता हासील गरेका अध्यक्षले बोहरा बताउँछन, प्लस साइज नेपालमा हाल देशभरीबाट प्रति दिन २०० भन्दा धेरै अर्डरहरु आइरहेका छन भने पसलबाटै पनि राम्रो प्रतिक्रिया सहितको व्यापार भइरहेको छ ।

खबरपाटी
खबरपाटी