कुन रोग निको पार्न कस्तो रत्न लगाउने ? वीर्यवर्द्धनको लागि हिरा

आयुर्वेदमा रत्नद्वारा रोग उपचारको सन्दर्भमा रत्नको प्रयोग विभिन्न तरिकाबाट गर्न सकिन्छ।

कुन रोग निको पार्न कस्तो रत्न लगाउने ? वीर्यवर्द्धनको लागि हिरा

आयुर्वेदमा रत्नद्वारा रोग उपचारको सन्दर्भमा रत्नको प्रयोग विभिन्न तरिकाबाट गर्न सकिन्छ।


पहिलो रत्न भस्मको रुपमा र अर्को पिष्टि (गोली) बनाएर प्रयोग गर्न सकिन्छ। तर रत्न भष्म बनाउने तरिका अत्यन्त जटिल छ।

अतः कुनै अनुभवी रत्नाचाय भष्मकलामा प्रवीण बैद्यद्वारा नै बनाइएको भष्मको प्रयोग उनैको सल्लाह अनुसार गर्नुपर्छ। अन्यथा फाइदाको सट्टा नोक्सान हुन सक्छ।

हिरा (Diamond) - वीर्यवर्द्धनको लागि लाभकारी
माणिक्य (Ruby) - रगत वृद्धिको लागि
सँगे मरियम (Stone of Mary) - खुनी बवासीर या बागिरहेको रगतलाई रोक्नको लागि
सङ्गे यशब (Jade) - बुद्धि कृण्ठित हुँदा या मन भ्रमित भएको बेला
ओनिक्स (Onyx) - विषको प्रभावलाई हटाउनुका साथै स्मरण शक्ति बढाउँदछ
हकिक (Agate) - भुत प्रेत वाधा तथा विषको प्रभावलाई रोक्न
कहरुवा (Amber) - गर्वपातको सन्देह भएमा त्यसलाई रोक्न
मोती (Pearl) - स्नायु रोगमा, तनावबाट मुक्ति पाउनको लागि
मुँगा (Coral) - पाण्डु रोगमा लाभकारी
ओपल (Opal) - छैटौ इन्द्रियलाई पुष्ट पार्न
फीरोजा (Turquoise) - दैवी आपत्तिबाट बच्नको लागि
दाने फरङ्ग (Malachite) - किड्नीसँग सम्बन्धित सबै रोगको लागि रामवाण औषधि
नीलम (Blue Sapphire) - गाँठो, छारे रोग र नपुंसकताको लागि उपयोग
पन्ना (Emerald) - स्मरण शक्तिको लागि लाभकारी

खबरपाटी
खबरपाटी