आमा समूहलाई कुटानी/पिसानी मिल र कुर्सी

महिलाको कार्यबोझ घटाउँदै जीवनयापनमा सहजता पुर्याउने उद्देश्यले साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका आमा समूहलाई विद्युतीय मिल उपलब्ध गराइएको छ ।

आमा समूहलाई कुटानी/पिसानी मिल र कुर्सी

काठमाडौं । महिलाको कार्यबोझ घटाउँदै जीवनयापनमा सहजता पुर्याउने उद्देश्यले साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका आमा समूहलाई विद्युतीय मिल उपलब्ध गराइएको छ । गत आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममार्फत विनियोजित महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत खरिद गरिएको कुटानी/पिसानी मिल हस्तान्तरण गरिएको हो ।

मात्तिमबिर्ताका वडाध्यक्ष जीवन खत्रीको अध्यक्षता तथा गाउँपालिका प्रमुख रविप्रकाश राईको प्रमुख आथित्यता तथा उपप्रमुख बिर्सिका राईको विशेष आथित्यतामा कुटानी÷पिसानी मिलसँगै आमा समूहको बैठक कक्षका लागि कुर्सीसमेत हस्तान्तरण गरिएको छ । सामग्री हस्तान्तरणपछि गाउँपालिका प्रमुख राईले पालिकाद्वारा हस्तान्तरण गरिएको कुटानीरपिसानी मिलले महिलाको जीवनयापनमा सहजता ल्याउनुका साथै कार्यबोझ घटाउने कुरामा आशावादी रहेको बताउनुभयो । 

नागरिकले देखेको सपनालाई साकार बनाउन गाउँपालिका सरकार प्रतिबद्ध रहेको प्रमुख राईले बताउनुभयो । “हामी धैरै ठूलो कुराको अपेक्षा नगरौँ, स–साना कुरामा पनि समृद्धि लुकेको हुन्छ । तिनै कुराबाट समृद्धिको दिशामा पालिका अघि बढ्छ”, उहाँले भन्नुभयो, “अबको पाँच वर्षपछि साकेला गाउँपालिकाले विकासको हरेक क्षेत्रमा निकै फड्को मारिसकेको हुनेछ । गाउँपालिकालाई दिगो विकास गरी समृद्धिको उचाइमा पुर्याउन नागरिकको उत्तिकै भूमिका हुनेगर्छ । तसर्थ पालिका सरकारले गर्ने सकारात्मक कार्यमा सबैले साथ दिनुहोस् ।”

विभिन्न समयमा बस्ने आमा समूहको बैठकका लागि कुर्सी अभाव भएको साथै घरायसी मिलको अभावमा महिलालाई ढिकीजाँतो गर्नसमेत समस्या भइरहँदा जीवनयापनलाई सहज बनाउन उक्त सामग्री खरिद गरी हस्तान्तरण गरिएको उपप्रमुख राईले बताउनुभयो । कुटानीरपिसानी मिल र कुर्सी पालिकाका सबै वडाका महिला समूहलाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो । रासस

खबरपाटी
खबरपाटी