आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल  देशभर  आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।

आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल  देशभर  आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेश , लुम्बिनी र वागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेसख  सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभाग  एक(दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

खबरपाटी
खबरपाटी