कांग्रेस बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी, अर्को बैठक साउन ५ गते बिहान ११ः०० बजे

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

कांग्रेस बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी, अर्को बैठक साउन ५ गते बिहान ११ः०० बजे

 
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा यही साउन २ गतेदेखि जारी बैठकमा आज ३५ जना केन्द्रीय सदस्यले बोल्नुभएको थियो ।

उहाँहरूले विशेषगरी विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीति, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचिमाथि धारणा व्यक्त गर्नुभएको थियो ।
बैठकमा आज केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला ९पौडेल०, टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, चन्द्रबहादुर केसी, उमेशजङ्ग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, राजेन्द्रकुमार केसी र उमेश श्रेष्ठले आ–आफ्ना धारणा व्यक्त गर्नुभयो ।

यसैगरी बैठकमा केन्द्रीय सदस्य राजीवबिक्रम शाह, डा चन्द्रमोहन यादव, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, ई मोहन आचार्य, मुक्ताकुमारी यादव, रङ्गमती शाही, मञ्जुकुमारी यादव, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, गङ्गालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी र आमन्त्रित कोशी प्रदेशका सभापति उद्धव थापाले आफ्ना धारणा राख्नुभएको थियो ।

बैठकमा धारणा राख्ने क्रम जारी रहेको र कार्यसमितिको बैठक साउन ५ गते बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनभयो । रासस

खबरपाटी
खबरपाटी