‘ऐनापहरा’ नमूना पर्यटकीय गन्तव्य

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा पर्ने ‘ऐनापहरा’मा गण्डकी प्रदेशकै नमूना पर्यटकीय गन्तव्यस्थल बनाउन लागिएको छ ।

‘ऐनापहरा’ नमूना पर्यटकीय गन्तव्य

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा पर्ने ‘ऐनापहरा’मा गण्डकी प्रदेशकै नमूना पर्यटकीय गन्तव्यस्थल बनाउन लागिएको छ । 

पृथ्वी राजमार्गदेखि नजिक दूरीमा पर्ने ऐनापहरामा रहेका प्राकृतिक पहरा र ढुङ्गामा कलात्मक मूर्ति लगायतका आर्कषण संरचना निर्माण गरी पर्यटकीय प्रवद्र्धन गर्न लागेको हो । ऐना पहरास्थित झरनाको आडैमा रहेको ठुलो ढुङ्गालाई पहाडकै अवस्थामा हात्तीको आकारको मूर्ति कुद्ने कार्य सुरु गरिएको गाउँपालिकाका इन्जिनियर पङ्कज मगरले जानकारी दिनुभयो । 

प्राकृतिकरुपमा रहेका त्यस क्षेत्रका ढुङ्गा तथा पहरालाई कुदेर विभिन्न देवीदेवताको आकर्षक मूर्ति निर्माण गरिने छ । पार्क निर्माणको जिम्मा श्री शुभ साहिल कन्ट्रक्सन आँबुखैरेनीले पाएको छ । उक्त क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड १३ लाख १३ हजार नौ सय ३१ मा ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाएको हो । 

आउँदो दसैँदेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ । पार्कको भौतिक संरचना ६० प्रतिशतभन्दा बढी कार्य प्रगति भइसकेको छ । उहाँले भन्नुभयो, “साउन महिनादेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको छ ।” 

त्यसैगरी ढुङ्गा तथा पहरामा रिलिफ स्कोप्चर ९ढुङ्गामा खोपेर तयार गरिने मूर्तिकला कार्य० निर्माणतर्फ ऐना पार्क निर्माण उपभोक्ता समितिमार्फत रु ७९ लाख दश हजार सम्झौतापश्चात् निर्माण कार्य अघि बढाइएको इन्जिनियर मगरले बताउनुभयो । पार्कको प्रवेशद्वारमा बायाँतिर आकर्षक सुन्दरी ९परिको० १० देखि १५ फिटको मूर्ति, झरना प्रवेशको सुरुमा हात्तीको मूर्ति फाइबर ग्लासबाट निर्माण पूर्ण कद निर्माण गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।  

त्यसैगरी उक्त पार्कमा आमाले बच्चा लिएको मूर्ति कुद्ने कार्यका साथै पार्कसम्म जाने बाटो, प्रवेशद्वार, शौचालय र पार्किङलगायतका संरचना निर्माण कार्य भइरहेको छ । ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोचका साथ आकर्षक पार्क निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । 

उक्त झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले तयार पारेको विस्तृत गुरुयोजना प्रतिवेदनमा रु लदश करोड बजेट लाग्ने अनुमान गरिएको छ । उक्त स्थानमा सिसाको भ्युप्वाइन्ट निर्माणको लागि यस वर्ष डिपिआर कार्य मात्रै गरिएकाले आगामी वर्ष निर्माण प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो । रासस

खबरपाटी
खबरपाटी