विपन्न बालबालिकालाई पोशाक वितरण

समाजसेवी  डा विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गर्नुभएको छ ।

विपन्न बालबालिकालाई पोशाक वितरण

काठमाडौं । समाजसेवी  डा विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गर्नुभएको छ । उहाँले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका एक सय २१  र लखन थापा प्राथमिक विद्यालयका ५१ बालबालिकालाई पोशाक सहयोग गर्नुभएको हो । 

वडा कार्यालयको आग्रह र  नेपाल दलित महिला उत्थान सङ्घ ९एड्वान०का अध्यक्ष बिन्दु थापा परियारको समन्वयमा उक्त सामग्री सोमबार वितरण गरिएको हो ।

सो अवसरमा अध्यक्ष  परियारले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालय पोशाक सहयोग गरिएको बताउनुभयो । लखन –७ का वडाध्यक्ष शरण श्रेष्ठले सामुदायिक विद्यालयप्रति बालबालिकाको आकर्षण बढाउन  सबैको प्रयत्न आवश्यक छ भन्नुभयो । रासस

खबरपाटी
खबरपाटी