काँग्रेस केन्द्रिय समितिको बैठक बस्दै

सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक आजबाट शुरु हुँदैछ ।

काँग्रेस केन्द्रिय समितिको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक आजबाट शुरु हुँदैछ । आज दिउँसो १ बजेबाट बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु हुनेछ । आजको बैठकमा पहिलो एजेण्डाको रुपमा समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुनेछ । सांगठनिक कार्ययोजना र कार्यतालिका प्रश्तुत हुनेछ भने कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रश्तावित हुनेछन् । 

खबरपाटी
खबरपाटी