काठमाडौं । हाल देशभर आंशिकदेखी सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका केही साथै कोशी, बागमती र कर्णाली प्रदेशका थोरै लगायत बांकी प्रदेशका एक(दुई स्थानहरूमा हल्का देखी मध्ययम वर्षा भइरहेको छ।
दिउँसोः देशभर आंशिकदेखी सामान्य बदली रहनेछ। मधेश प्रदेशका थोरै बांकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरुमा मेघ(गर्जन र चट्याङ्गसहित भारी वर्षा को समेत सम्भावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मधेश प्रदेशका एक(दुई, कोशी र बागमती प्रदेशका थोरै तथा बांकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा मेघ(गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।