आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी वियोगमा हुनुहुन्छ । पत्नी सीताको गत बुधबार निधन भएपछि परिवार शोकमा छ ।
त्यसैले एक सातासम्म प्रधानमन्त्री सरकारी निवास बालुवाटारबाट बाहिर ननिस्कने पारिवारिक र पार्टी निर्णय छ । उनी स्वर्गीय सीताको सात दिनको काम सकाएर मात्रै बाहिर निस्कने सोचमा रहेको माओवादी नेताहरुले बताएका छन् । एक जना नेताले भने,‘सामान्य र अनौपचारिक भेटघाट,कुराकानी यसबीच बालुवाटारमा भइरहेको छ ।’
प्रधानमन्त्रीले आगामी बुधबारसम्म औपचारिक उद्घाटनदेखि अन्य सार्वजनिक कार्यक्रममा सहभागी नहुने मुड बनाएका छन । यता सहकारी पीडितहरुले आजदेखि आन्दोलन कडा बनाउने बताएका छन् ।
नेपालको इतिहासमा बहालरत प्रधानमन्त्रीकी पत्नीको निधन भएको यो पहिलो घटना हो ।