आजको मौसमः वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षा

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको  छ।

आजको मौसमः वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षा

काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको  छ। वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  आज दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा मेघ(गर्जन र चट्याङ्गसहित भारी वर्षा को समेत सम्भावना रहेको छ। 
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

खबरपाटी
खबरपाटी