आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले आज शुक्रवार सार्वजनिक बिदा दिएको छ ।
भानु जयन्तीको अवसरमा आज प्रभातफेरि, प्रवचन, पुरस्कार वितरण लगायतका कार्यक्रम आयोजना गरिएको छ । भानु नगरपालिका–४ चुँदीरम्घामा विक्रम संवत् १८७१ असार २९ गते जन्मिएका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो ।
नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतीराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् । उनका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए ।