प्रधानमन्त्री पत्नी दाहालको आजै अन्त्येष्टि, १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ ।

प्रधानमन्त्री पत्नी दाहालको आजै अन्त्येष्टि, १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने

काठमाडौं ।  प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ ।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले जनाएको छ । प्रधानमन्त्री पत्नी दाहालको बुधबार विहान नर्भिक अस्पतालमा निधन भएको थियो।

खबरपाटी
खबरपाटी