कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको  छ।

कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको  छ। कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ‍एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।  आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघ(गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, वागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावा(हुरीको पनि सम्भावना रहेको छ।

 

खबरपाटी
खबरपाटी