संघीय संसदका दुवै सदनको बैठक बस्दैः यस्तो छ कार्यसूचि

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।

संघीय संसदका दुवै सदनको बैठक बस्दैः यस्तो छ कार्यसूचि

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक आज बिहान साढे ११ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्नेछ । प्रतिनिधि सभाको बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० राष्ट्रिय सभाको सन्देशसहित टेबुल गर्ने कार्यतालिका छ । 
यस्तै, कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् । 
मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची पनि छ ।

उक्त विधेयकमाथि प्राप्त संशोधनलाई आजै निर्णयार्थ प्रश्तुत गरिनेछ । र, मन्त्रीले पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नेछन् । त्यस्तै राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्, राष्ट्रपति, उपराष्ट्रपति, रक्षा, गृह, कृषि तथा पशुपंक्षी,कानून, न्याय तथा संसदीय मामिला, शिक्षा, विज्ञान तथ प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, अर्थ, खानेपानी, उर्जा, जलश्रोत तथा सिंचाई, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका बजेटमाथि छलफल हुनेछ । 

खबरपाटी
खबरपाटी