सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध  भएको छ ।

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध  भएको छ । आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको  छ ।

अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिनुभयो । पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उहाँले बताउनुभयो । रासस

खबरपाटी
खबरपाटी