कोशीका मुख्यमन्त्री थापाद्वारा शपथ, आजै ३ सदस्यीय मन्त्रिपरिषद गठन

कोशीका मुख्यमन्त्री थापाद्वारा शपथ, आजै ३ सदस्यीय मन्त्रिपरिषद गठन

कोशी । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका छन् ।

यसैगरी, नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीद्वय कमलप्रसाद जवेगु र प्रदीपकुमार सुनुवारलाई प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन् । नवनियुक्त मन्त्रीद्वयको कार्य विभाजन भने पछि तय हुने जानकारी दिइएको छ ।

खबरपाटी
खबरपाटी