दुवै सदनको बैठक बस्दैः संसद अवरोध कायम राख्ने प्रतिपक्षको योजना

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।

दुवै सदनको बैठक बस्दैः संसद अवरोध कायम राख्ने प्रतिपक्षको योजना

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ बजे बस्नेछ भने राट्रिय सभाको बैठक मध्यान्ह साढे १२ बजे बस्नेछ । प्रधानमन्त्रीले पुस्तक विमोचन कार्यक्रममा बोलेको अभिव्यक्तिलाई लिएर प्रतिपक्ष दलहरुले प्रधानमन्त्रीको राजीनामा माग्दै बिरोध जनाएका छन् । जसकारण संसद अवरुद्ध भइरहेको छ । आजको बैठकमा पनि प्रधानमन्त्रीको राजीनामा माग्ने र संसद अवरुद्ध पार्ने प्रतिपक्षको योजना छ । यता सत्ता गठबन्धनले भने प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने र संसद फेस गर्ने निर्णय लिइसकेका छन् । 

खबरपाटी
खबरपाटी