एसइई उत्तीर्णलाई रुचिको आधारमा विषय छनोट गर्न ओलीको सुझाव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण गर्ने विद्यार्थीलाई बधाई दिनुभएको छ ।

एसइई उत्तीर्णलाई रुचिको आधारमा विषय छनोट गर्न ओलीको सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण गर्ने विद्यार्थीलाई बधाई दिनुभएको छ । 

उहाँले आज सामाजिक सञ्जालमार्फत एसइईको परीक्षामा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिनुभएको हो ।   

अध्यक्ष ओलीले एसइई उत्तीर्ण विद्यार्थीलाई अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिनुभएको छ ।
 
“शिक्षामा आफूले छनोट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस् । जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना १” उहाँले भन्नुभएको छ ।  रासस

खबरपाटी
खबरपाटी