काठमाडौं । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक साढे २ बजे बस्नेछ । राट्रिय सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल हुनेछ। त्यस्तै प्रतिनिधि सभामा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । साथै सो विधेयकमाथि छलफल भए पछि त्यसमा आएका संशोधनहरू निर्णयार्थ प्रस्तुत हुनेछ भने त्यस विधेयकलाई आजै पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।