पशुपति मन्दिरमा श्रावणी मेला सुरु

पर्साको वीरगञ्जस्थित पशुपति मन्दिरमा आजदेखि श्रावणी मेला सुरु भएको छ । मेलाको पहिलो दिन आज जलयात्रा गरेर मेलाको सुरुआत गरिएको छ ।

पशुपति मन्दिरमा श्रावणी मेला सुरु

काठमाडौं । पर्साको वीरगञ्जस्थित पशुपति मन्दिरमा आजदेखि श्रावणी मेला सुरु भएको छ । मेलाको पहिलो दिन आज जलयात्रा गरेर मेलाको सुरुआत गरिएको छ । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले घडिअर्वा पोखरीमा पुगेर धार्मिक विधिबमोजिम पूजा गरी जल भरेर यात्राको सुरुआत गर्नुभएको थियो । 

घडिअर्वा पोखरीबाट जल भरेर निस्किएको यात्रा नगर परिक्रमापछि मन्दिरमा पुगेर समापन भएसँगै मेला सुरु भएको हो । वीरगञ्ज महानगरपालिका र विश्व हिन्दू परिषद्को संयुक्त आयोजनामा पहिलो पटक जलयात्रा सुरु गरिएको हो । जल यात्राको सुरुआत गर्नुहुँदै महानगर प्रमुख सिंहले वीरगञ्जलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्य बनाउन महानगर लागिरहेको बताउनुभयो ।     रासस

खबरपाटी
खबरपाटी