फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । नेपालले एसीसी यू १६ इस्ट जोन कपको फाइनलमा आज मलेसियासँग प्रतिष्पर्धा गर्दैछ ।
सोमवार भएको दुई सेमिफाइनल खेलमा विजयी बनेका नेपाल र मलेसियाले फाइनल खेल्न लागेका हुन् । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रन पराजित गरेको थियो । घरेलु टोली मलेसियाले हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो । पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो ।
मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले हराएको थियो ।