आज दिनभरको मौसमः कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने

हाल देशभर  आंशिकदेखि सामान्य बदली रही  कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिनभरको मौसमः कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने

 काठमाडौं । हाल देशभर  आंशिकदेखि सामान्य बदली रही  कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर  आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी  र मधेस प्रदेशको एक(दुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

आज राति आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।  रासस

खबरपाटी
खबरपाटी