ट्वीटरमा प्रयोगकर्ताले पढ्न सक्ने पोस्टको सङ्ख्या घटाइयो

ट्वीटरले ‘आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०’ कम्पनीहरूले साइटमा भएको तथ्याङ्कको प्रयोगमा कमी ल्याउनको लागि प्रति दिन बढीमा १० हजार ट्वीटहरू पढ्न सक्ने अस्थायी व्यवस्था गरिएको एलन मस्कले शनिबार घोषणा गर्नुभएको छ ।

ट्वीटरमा प्रयोगकर्ताले पढ्न सक्ने पोस्टको सङ्ख्या घटाइयो

काठमाडौंं । ट्वीटरले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ कम्पनीहरूले साइटमा भएको तथ्याङ्कको प्रयोगमा कमी ल्याउनको लागि प्रति दिन बढीमा १० हजार ट्वीटहरू पढ्न सक्ने अस्थायी व्यवस्था गरिएको एलन मस्कले शनिबार घोषणा गर्नुभएको छ । 

पछिल्लो प्रावधानअनुसार ट्वीटरले प्रमाणित एकाउन्ट भएका ट्वीटर प्रयोगकर्तालाई एक दिनमा १० हजार ट्वीट पढ्न दिने र निः शुल्करूपमा ट्वीटरको प्रयोग गर्ने ९अधिकांश प्रयोगकर्ता०, जसलार्ई अप्रमाणित प्रयोगकर्ता भनिएको छ,ले प्रति दिन एक हजार ट्वीटहरू मात्र पढ्न पाउनेछन् । त्यस्तै, नयाँ तथा अपुष्ट प्रयोगकर्ताले ५०० मात्र ट्वीट पढ्न पाउनेछन् । 

मस्कले शनिबार अपराह्न एक ट्वीटमा भन्न्ुभयो, “तथ्याङ्क प्रेषण ९डाटा स्क्रैपिङ्गको चरम स्तरलाई सम्बोधन गर्न’ यो निर्णय गरिएको हो ।”
 
मस्कको घोषणापछि संयुक्त राज्य अमेरिकामा ‘गुडबाई ट्विटर’ ट्रेन्डिङको विषय बनेको थियो ।

ट्विटरका अर्बपति मालिकले यो नियम कहिलेसम्म लागू हुने भन्ने समयसीमा भने खुलाउनुभएको छैन । 

मस्कले अघिल्लो दिन अकाउन्ट बिना साइटमा ट्वीटहरू पढ्न सम्भव छैन भन्ने घोषणा गर्नुभएको थियो । 

अधिकांश ‘डाटा स्क्रैपिङग’ उनीहरूको एआई नमूनाहरू निर्माण गर्न प्रयोग गर्ने फर्महरूबाट आइरहेको र यसले साइटमा अवरोधको समस्याहरू निम्त्याइरहेको मस्कले बताउनुभएको छ । 

मानव–जस्तै क्षमतामा प्रतिक्रिया दिन सक्ने एआई सिर्जना गर्न, धेरै कम्पनीहरूले कार्यक्रमहरूलाई सामाजिक मिडिया साइटहरूबाट वास्तविक जीवनको कुराकानीको उदाहरणहरू तान्ने गर्छन् ।

मस्कले भन्नुभयो, “सयौँ सङ्गठनहरू ९शायद अधिक० ले ट्वीटर तथ्याङ्कलाई अत्यन्त आक्रामक रूपमा प्रयोग गरिरहेका छन् र यसले वास्तविक प्रयोगकर्ता र उनीहरूको अनुभवलाई असर गरिरहेको छ ।”

“एआईको सञ्चालन शुरूवातमा रहेका वा केही ठूला कर्पोरेसनहरूसम्मले पनि विशाल मात्रामा ‘डेटा स्क्रैप’ गरिरहेका छन्,” उहाँले भन्नुभयो ।

एआई क्षेत्रको तीव्र गतिसँग जुध्नु पर्ने ट्वीटर एक्लो सामाजिक सञ्चारमाध्यम भने होइन । रासस

खबरपाटी
खबरपाटी