धनगढी पुगेको श्री एयरको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइयो

धनगढी पुगेको श्री एयरको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइयो

१६ असार, काठमाडौं । प्राविधिक समस्याका कारण काठमाडौं धनगढी उडानको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्किएको छ ।

श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३स्३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भए पछि जहाज काठमाडौं फिर्ता भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो । त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ । धावनमार्ग भने खाली भएको छ ।

खबरपाटी
खबरपाटी