विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले विपक्षी दललाई पठाए पत्र

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले विपक्षी दललाई पठाए पत्र

अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दलहरूलाई समेत विश्वासको मत दिन आग्रह गरेका छन् । नेकपा एमाले संसदीय दलको नेताको हैसियतमा कार्कीले विपक्षमा रहेका दलहरूलाई लिखित आग्रह गर्दै विश्वासको मत मागेका हुन् ।

एमालेको बुधबार बसेको संसदीय दलको बैठकको निर्णय अनुसार प्रदेश संरचनाको स्थायित्वका लागि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

उनले दलहरूलाई विश्वासको मत माग्न पठाएको पत्रमा प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकका अपेक्षाहरू पूरा गर्न विश्वासको मत दिन आग्रह गरिएको छ । 

पटक–पटक सरकार परिवर्तन भइरहने घटनाले आम नागरिकमा सङ्घीय प्रणालीप्रति नै निराशा उत्पन्न हुनसक्ने पत्रमा उल्लेख छ । पत्रमा उनले पाँच वर्षसम्म सरकार सञ्चालन कसरी र कुन विधिबाट गर्ने भन्ने विषयमा थप छलफल गर्न तयार रहेको उल्लेख गरेका छन् ।

खबरपाटी
खबरपाटी