नेपाल र पाकिस्तान भिड्दै

भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र पाकिस्तान भिड्दै

भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा साविक उपविजेता नेपालले पाकिस्तानको सामना गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

समूह 'ए' मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । पाकिस्तान २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।

पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।

खबरपाटी
खबरपाटी