काठमाडौं । भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले धर्ना तथा आन्दोलनको घोषणा गरेको छ ।
भन्सार एजेन्ट प्रतिनिधिहरुलाइ राज्यले उचित व्यव्स्थापन गर्नु पर्नेमा हालै आएको संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ले सो भन्सार प्रतिनिधिले काम गर्न व्यावस्था नै खारज गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो । देशभर कार्यरत ३०० भन्दा बढी भन्सार प्रतिनिधिहरु जेठ १५ गतेबाट बेरोजगार भएको संघका अध्यक्ष उमेश अधिकारीले बताए ।
भन्सार प्रतिनिधिहरुले पटक पटक भन्सार विभाग,अर्थ मन्त्रालयलाई ध्यानाकर्षण, ज्ञापनपत्र बुझाउँदा पनि केही सुनुवाई नभएको हुँदा बाध्य भएर आन्दोलनमा जानुपरेको बताए । राज्यको यस्तो नीतिले गर्दा विगत २३ दिन देखि नै भन्सार प्रतिनिधिहरुले कामकाज गर्नबाट वञ्चित भएको बताए । उनले असार १० गतेबाट शान्तिपूर्ण आन्दोलन ,धर्ना तथा बिरोध कार्यक्रम गर्ने चेतावनी दिए ।