नेपाली कलाकारहरुलाई रजतपटले चिन्दैन भने कलाकार चिन्ने जिम्मा कस्को ?
७ चैत २०७९, मङ्गलवार
विवादित फिल्म आदिपुरुषको व्यापार चौपट भएको छ । नेपालमा मात्रै नभएर भारतमा समेत तीव्र आलोचित हुन पुगेको फिल्मले दर्शकको मन जित्न नसकेको हो ।
‘जानकी भारतको छोरी’ भएको आशयको संवाद रहेको भनेर नेपालमा प्रदर्शन प्रभावित भएको फिल्म भारतमा पनि हनुमानका केही संवादलाई लिएर विवादित बनेको हो ।
सामाजिक सञ्जालमा नकरात्मक प्रतिक्रिया आए पछि भारतमा हनुमानसम्बन्धी केही संबाद परिवर्तन गर्दै आदिपुरुष निर्माताले २२ र २३ जुनको टिकटको रकम घटाउने उपहार समेत दिएका थिए ।
तर, टिकटको कम मूल्यका बाबजुद पनि दर्शकको आकर्षण रहेन ।
प्रारम्भिक तथ्यांक अनुसार आदिपुरुषले आठौं दिन ३.२५ करोड भारु मात्र कमाएको छ । यस्तै कुल कमाई २६३.१५ करोड पुगेको बताइएको छ ।
बक्स अफिसबाट ५०० करोड कमाउनु यो फिल्मका लागि धेरै पापड बेल्नुपर्ने अवस्था रहेको कतिपयको भनाइ छ ।