बागमती प्रदेशसभा बैठक बस्दै, शुक्रबारको बैठकमा नीति तथा कार्यक्रम पास गर्ने तयारी

बागमती प्रदेशसभा बैठक बस्दै, शुक्रबारको बैठकमा नीति तथा कार्यक्रम पास गर्ने तयारी

मकवानपुर । बागमती प्रदेशसभा बैठक बिहीबार बस्दैछ । बुधबारबाट सुरु भएको प्रदेश सरकाको आगामी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्नका लागि बैठक आह्वान गरिएको हो ।

बैठक बिहान १०:३० बजे बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । बैठकमा सरकारको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सांसदहरू आफ्नो धारणा राख्ने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार सरकारको नीति तथा कार्यक्रम शुक्रबार बस्ने बैठकमा पास गर्ने तयारी रहेको छ ।

ँशुक्रबारको बैठकमा दलीय हैसियतमा सांसदहरूले उठाएका विषय र प्रश्नमा सरकारको तर्फबाट मुख्यमन्त्रीले जवाफ दिनेछन् र नीति तथा कार्यक्रमलाई निर्णायार्थ संसद्मा पेश गरिनेछ ।

प्रदेशसभाको गत जेठ १४ गते बसेको बैठकमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका थिए । उक्त बैठकमा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए ।

खबरपाटी
खबरपाटी