प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस्ः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकका नागरिकलाई नागरिकता दिनका लागि लड्नुपर्ने अवस्था सधैँका लागि समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ  ।

प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस्ः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकका नागरिकलाई नागरिकता दिनका लागि लड्नुपर्ने अवस्था सधैँका लागि समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ  । सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई विशेष धन्यवाद दिँदै मुलुकबाट नागरिकतासम्बन्धी समस्या हल हुने बताउनुभयो । 
    
विगतमा पनि लामो सङ्घर्षपछि मात्रै यहाँका नागरिकले नागरिकता पाएको उल्लेख गर्दै उहाँले नागरिकता विधेयकमा पनि ठूलै सङ्घर्ष गर्नुपरेको उहाँले बताउनुभयो । “मधेसमा देखिएका नागरिकतासम्बन्धी समस्या समाधानका निम्ति हामीले सडकदेखि सदनसम्म लामो समय सङ्घर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा नौ लाख नागरिकलाई नागरिकता दिलायौँ”, अध्यक्ष यादवले भन्नुभयो, “तर पनि थुप्रै नागरिकका सन्तान गैरनागरिक नै छन्, त्यसका लागि पनि ठूलै सङ्घर्ष गर्नुप¥यो । 

छ करोड ९२ लाखमा नर्सिङ भवन

अघिल्लो कार्यकालमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका अध्यक्ष यादवको संसदीय कोषको बजेटबाट निर्माण भएको नर्सिङ भवन उद्घाटन गरिएको छ । कूल रु छ करोड ९२ लाखको लागतमा निर्माण भएको दुई तले भवनको उद्घाटन गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको परिसरमा निर्माण भएको उक्त भवनमा आगामी वर्षदेखि नर्सिङको कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ  ।  रासस

खबरपाटी
खबरपाटी