लोकतन्त्रको विकल्प छैनः अध्यक्ष नेपाल

गणतन्त्र दिवसका अवसरमा उहाँले आज एक विज्ञप्ति जारी गर्दै जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा  समृद्धि कायम गर्न सकिने लोकतन्त्रको विकल्प नरहेको बताउनुभएको हो ।

लोकतन्त्रको विकल्प छैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार निरङ्कुशतन्त्रविरुद्ध नेपालले जनताले  लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त  सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।गणतन्त्र दिवसका अवसरमा उहाँले आज एक विज्ञप्ति जारी गर्दै जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा  समृद्धि कायम गर्न सकिने लोकतन्त्रको विकल्प नरहेको बताउनुभएको हो । 


राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन जोड दिइएको उल्लेख गर्दै जारी विज्ञप्तिमा समाजवादमा  सामाजिक न्याय र समानतासहित आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।सुशासन कायम गर्न संस्थागत बेथिति र  भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

खबरपाटी
खबरपाटी