गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलद्वारा चार सय ८२ कैदीबन्दीलाई माफी

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा चार सय ८२ जना कैदीलाई सजाय माफी मिनाह गर्नुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलद्वारा चार सय ८२ कैदीबन्दीलाई माफी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा चार सय ८२ जना कैदीलाई सजाय माफी मिनाह गर्नुभएको छ ।  

आज राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जारी गर्दै जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसर पारी चार सय ८२ कैदीलाई सजाय माफी गरेको जानकारी दिएको हो ।  

“यही जेठ १२ गतेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ÷लिम्बूसमेतका चार सय ७५ र ज्येष्ठ नागरिक उदयनारायण गिरी समेतका सात जना गरी जम्मा चार सय ८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० का अवसरमा माफी भएको छ”, राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

खबरपाटी
खबरपाटी