नेपालमा ६ वर्ष यताकै उच्च महँगी

सन् २०१८ देखि २०२३ सम्म क्रमशः नेपालको महँगी वृद्धि हुँदै गइरहेको आज सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले देखाएको छ

नेपालमा ६ वर्ष यताकै उच्च महँगी

काठमाडौँ । सन् २०१८ देखि २०२३ सम्म क्रमशः नेपालको महँगी वृद्धि हुँदै गइरहेको आज सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले देखाएको छ । उपभोक्ता मूल्यमा आधारित मूल्यवृद्धि सन् २०१८ मा ४.१ थियो । हाल ७.८ प्रतिशत रहेको छ ।

सन् २०१८ मा ४.१, २०१९ मा ४.६, २०२० मा ६.१, २०२१ मा ३.६, २०२२ मा ६.३ र २०२३ मा ७.८ प्रतिशत मूल्य वृद्धि भएको तथ्यांकले देखाउँछ ।

सबैभन्दा धेरै मुद्रास्फीति श्रीलंकाको रहेको छ । सबैभन्दा कम चीनको रहेको छ । श्रीलंकामा मुद्रास्फीति २८.५ छ । चीनको २ प्रतिशत मुद्रास्फीति रहेको देखिन्छ ।

बङ्गलादेशको ८.६, भुटानको ५.६, भारतको ४.९, माल्दिभ्सको ५.२ र पाकिस्तानको २७.१ प्रतिशत मुद्रास्फीति रहेको छ ।

खबरपाटी
खबरपाटी