संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, संयुक्त सदनको बैठक ११ बजे

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, संयुक्त सदनको बैठक ११ बजे

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । साथै बिहान ११ बजे संघीय संसदको संयुक्त सदनको बैठक बस्दैछ । जसमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक १ बजेर १ मिनेटमा शुरु हुनेछ । आजको प्रतिनिधि सभा बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभपति ध्रुवबहादुर प्रधानले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन सहितको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनलाई क्रमशः निर्णयार्थ प्रश्तुत गर्ने, संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभपति ध्रुवबहादुर प्रधानले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० नियमावली, २०८० लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ । त्यस्तै राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्याल्यबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष २०७९÷०८० को आर्थिक सर्वेक्षण सभासमक्ष पेस गर्नुहुने कार्यसूचि रहेको छ ।

खबरपाटी
खबरपाटी