चरा ठोक्किएको आशंकामा काठमाडौं फर्कियो बैंगलुरू उडेको जहाज

चरा ठोक्किएको आशंकामा काठमाडौं फर्कियो बैंगलुरू उडेको जहाज

काठमाडौंबाट भारतको बैंगलुरूका लागि उडेको नेपाल एयरलाइन्सको जहाज फर्किएको छ। 
एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाजले १ बजेर ४५ मिनेटमा बैंगलुरूका लागि उडान भरेको थियो। त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज करिब आधा घन्टाअघि विमानस्थलमा अवतरण गरेको हो।जहाजमा चरा ठोकिएको प्रारम्भिक अनुमान गरिएको छ।


 

खबरपाटी
खबरपाटी