व्यापार घाटा न्यूनीकरणमा लागौँः मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले व्यापार घाटा न्यूनीकरण गर्न आआफ्नो क्षेत्रबाट इमान्दारिताका साथ भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।

व्यापार घाटा न्यूनीकरणमा लागौँः मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले व्यापार घाटा न्यूनीकरण गर्न आआफ्नो क्षेत्रबाट इमान्दारिताका साथ भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । बुधबार मन्त्रालयमा आयोजित व्यापार घाटा न्यूनीकरण कार्ययोजना र नेपाल व्यापार एकीकृत रणनीतिको कार्यान्वयनसम्बन्धी बैठकमा उहाँले सो कुरा व्यक्त गर्नुभएको हो । 

नेपालमा नीति बन्ने तर कार्यान्वयनमा कम जाने तथा कार्यान्वयनमा लगिएका नीतिले पनि वाञ्छित नतिजा हासिल गर्न नसकेको भनी आलोचना हुने गरेको जनाउँदै मन्त्री रिजालले व्यापार घाटा न्यूनीकरणमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो ।  

“नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयन खाकाबमोजिम आवश्यक साधन स्रोतको व्यवस्था गरी लक्षित क्रियाकलाप सञ्चालन गर्ने, निर्धारित सूचक प्राप्त गर्ने र सोको माध्यमबाट उल्लेख्यमात्रामा निर्यात व्यापार प्रवद्र्धन, व्यापार घाटा न्यूनीकरण तथा विदेशी मुद्रा प्राप्तिको वर्तमान अवस्था सुधार गर्न सफलता प्राप्त हुनेछ”, मन्त्री रिजालले भन्नुभयो । 

नेपालले विगत केही वर्षदेखि सामना गरिरहेको बढ्दो व्यापार घाटालाई सम्बोधन गर्न २०७९ चैत २८ गतेको मन्त्रिपरिषद् बैठकबाट व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना स्वीकृत भएको थियो । गत वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल व्यापार एकीकृत रणनीति, २०८० स्वीकृत गरेको थियो । रासस

खबरपाटी
खबरपाटी