विश्वकप छनोट प्रतियोगिताअघि नेपालले दुई वटा ‘वार्म अप’ खेल खेल्ने

विश्वकप छनोट प्रतियोगिताअघि नेपालले दुई वटा ‘वार्म अप’ खेल खेल्ने

काठमाडौं । जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताअघि नेपालले दुई वटा ‘वार्म अप’ खेल खेल्ने भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले युएई र ओमानसँग वार्म अप खेल खेल्न लागेको हो । दुवै खेल एकदिवसीय खेलको मान्यता हुनेछ । 

जिम्बावेको राजधानी हरारे पुगेपछि नेपालले ३० जेठमा युएई र ३२ जेठमा ओमानसँग ‘वार्म अप’ खेल खेल्नेछ ।

खबरपाटी
खबरपाटी